घोरबन्दामा फुटबल जारी, खल्लुकधाराविरुद्ध दमकडाको सँघर्षपूर्ण जीत
पाल्पा | भदौ ९, २०८१
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा दमकडाले सँघर्षपूर्ण जीत निकालेको छ ।
हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (आइतबार) भएको खेलमा खल्लुकधारा एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए ।
उनका अनुसार दमकडाको जीतमा म्यान अफ द म्याच घोषित भएका विशाल मल्ले २ गोल गरे । भने, सुदिप थापाले १ गोलको योगदान दिए । यता हार व्यहोरेको खल्लुकधाराको तर्फबाट शुशिल थापाले २ गोल फर्काए ।
खेलको पहिलो हाफमै दमकडाका खेलाडी जोन मस्राङ्गीले खल्लुकधाराका खेलाडीलाई फल गरेपछि रेड कार्डको शिकार बनेका थिए ।
त्यसपछि दमकडा १० जना खेलाडीमा मात्रै सिमित बन्न पुगेको थियो ।
यद्यपी दमकडा खेलमा फर्किदै जीत निकाल्न सफल बन्यो । अब दमकडाले ११ गते हुने न्यू हिमाली युवा क्लब र युनाइटेड युथ एफसीबीचको विजेता टिमसँग आगामी १५ गते प्रतिस्पर्धा गर्नेछ ।

भोलि (सोमबार) दिउँसो ३ बजे आयोजक नव जागृति युवा क्लब निलो र लुम्बिनी मेडिकल कलेजबीच प्रतिस्पर्धा हुने गाहामगरले बताए ।
उनका अनुसार यही २१ गते फाइनल हुने सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ ।
यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ ।
कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

